logo

२०८३ साउन १३ बुधबार

भारतमा रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंहको मृत्यु

भारतमा रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंहको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, ६ साउन २०८०
  • 962
    SHARES

    भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छभने गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ ।

    राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाह नजिक शुक्रबार झिसमिसेमा मालबाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक जना कर्मचारीले जानकारी दिए ।

    रेलमार्गबाट हिँडिरहेका सिंहको बथानमा एउटा मारिएको र एउटा घाइते भएको उनले बताए । मरेको र घाइते दुवै भाले हुन् । दुई वटा पोथी भने सुरक्षित रुपमा रेलमार्गबाट निस्केका थिए । सिंहको बथान देख्नेवित्तिकै रेलका चालकले ब्रेक लगाएका थिए । निरन्तरको वर्षा र टाढैबाट वन्यजन्तुको आवागमन स्पष्ट देख्ने नसक्दा उक्त दुर्घना भएको हो । घाइते सिंहको स्थानीय चिडियाखानामा उपचार भइरहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend