logo

२०८३ साउन १३ बुधबार

चिकित्सकको सल्लाहबिना एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेकको बिक्री गर्न दिल्ली सरकारद्वारा प्रतिबन्ध

चिकित्सकको सल्लाहबिना एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेकको बिक्री गर्न दिल्ली सरकारद्वारा प्रतिबन्ध


हाम्रो राष्ट्र
  • शनिबार, ६ साउन २०८०
  • 1.1K
    SHARES

    डेङ्गुको प्रकोप बढेपछि दिल्ली सरकारले एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेक औषधिहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
    सरकारले एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेकजस्ता केही औषधिको बिक्रीमा चिकित्सकको सल्लाहबिना प्रतिबन्ध लगाएको छ र ती औषधिले मानिसको रगतमा प्लेटलेट्स नष्ट गर्ने र डेङ्गुको प्रकोपकाबीच हानिकारक हुन सक्ने बताएको छ ।

    डेङ्गु रोकथामका लागि जारी परामर्शमा दिल्ली सरकारले जारी गरेको सुझाबमा भनिएको छ, “मनसुनको मौसममा डेङ्गु जस्ता लामखुट्टेबाट सर्ने रोगहरूको प्रकोप बढ्दै गएको छ ।

    तसर्थ, डेङ्गुको सम्भावित प्रकोपको यस मौसममा एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेक जस्ता औषधिहरूको प्रयोग ‘दर्ता भएका चिकित्सकहरूको प्रेस्क्रिप्सन’ विना बिक्री गर्न प्रतिबन्ध लगाइएको छ ।

    सरकारले तत्काल लागु हुनेगरी यी औषधिहरूको ‘ओभर–द–काउन्टर’ बिक्रीमा संलग्न नहुन सल्लाह दिएको छ । दिल्ली सरकारले जारी गरेको सुझाबमा भनिएको छ, “यदि रिटेल विक्रेताले यो सल्लाहको उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गरिनेछ ।”

    भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीमा पानीको बहाव बढेसँगै विगत दुई हप्तादेखि विभिन्न क्षेत्रमा भीषण बाढी आएको छ । आइतबार दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजको अध्यक्षतामा राजधानीमा सङ्क्रमणजन्य रोगनियन्त्रणका लागि समग्र तयारीबारे एक उच्चस्तरीय बैठक बसेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend