logo

२०८३ साउन १५ शुक्रबार

दक्षिण युक्रेनमा रूसी युद्ध संवाददाताको मृत्यु

दक्षिण युक्रेनमा रूसी युद्ध संवाददाताको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, ६ साउन २०८०
  • 988
    SHARES

    युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध संवाददाता रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको छ । झुरावलेभले रूसको सरकारी समाचार संस्था आरआईए नोभोस्तीका लागि रिपोर्टिङ गर्दै आएका थिए ।

    आरआईए नोभोस्तीले आफ्ना युद्ध संवाददाताको मृत्यु भएको पुष्टि गरेको छ । झुरावलेभकोे युद्धमा रूसी अग्रपङ्तीमा रहेको गाउँ पाइतीखाट्की नजिकै मृत्यु भएको उल्लेख गरिएको छ ।

    रूसी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युक्रेनी सेनाले ‘क्लस्टर’ हतियार प्रयोग गरी गरेको आक्रमणका कारण चार जना पत्रकार घाइते भएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, “उद्धारका क्रममा आरआईए नोभोस्तीका पत्रकार रोस्तिस्लाभ झुरावलेभको क्लस्टर युद्धसामग्री विस्फोटका कारण भएको चोटका कारण मृत्यु भएको थियो ।” अन्य संवाददाताहरूलाई सामान्य चोट लागेको सेनाले बताएको छ ।

    युक्रेनमा मस्कोको १७ महिनाभन्दा लामो आक्रमणका क्रममा रूसी युद्ध संवाददाताहरूको प्रभाव निकै बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend