ग्रिसको जंगलमा भीषण आगलागी भएको छ । आगलागी हुँदा १९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसलाई स्थानान्तरण गरिएको हो ।
थप नागरिकलाई स्थानान्तरण गर्ने काम भइरहेको बीबीसीले जनाएको छ । गत मंगलबारदेखि लागेको आगलागी तीव्र गतिको हावासँगै जंगलमा फैलिएको छ । आगलागी फैलिएपछि अर्को कोर्फु द्वीपबाट पनि नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।
ग्रिसको जलवायु संकट र नागरिक सुरक्षा मन्त्रालयले समयमै प्रभावित क्षेत्रबाट स्थानीयलाई सारिएकाले आगलागीबाट मानवीय क्षति भने नभएको जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend