logo

२०८३ साउन १३ बुधबार

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण


हाम्रो राष्ट्र
  • सोमबार, ८ साउन २०८०
  • 1.1K
    SHARES

    युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले बताएका छन् । ‘क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ,’ सर्गेई अक्स्योनोभले टेलिग्राममा भने ।

    आक्रमण झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो । उनले आक्रमणबाट भएको क्षतिबारे विस्तृत विवरण भने दिएका छैनन् । उनले आक्रमणका कारण क्रिमियाको किरोभस्की जिल्लामा एक निजी घरमा क्षति पुगेको र आपतकालीन सेवा घटनास्थलमा रहेको बताए ।

    सन् २०१४ मा रूसले कब्जा गरेको क्रिमियालाई मस्कोको युक्रेन आक्रमणको क्रममा कीभले निशाना बनाएको थियो तर पछिल्ला हप्ताहरूमा यो आक्रमण अझ तीव्र र बढ्दो अवस्थामा रहेको युक्रेनी अधिकारीले बताएका छन् । कीभले क्रिमियालाई फिर्ता लिने योजना रहेको बताउँदै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend