logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा २६ अंकको गिरावट

शेयर बजारमा २६ अंकको गिरावट


हाम्रो राष्ट्र
  • सोमबार, ८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आइतबार ६३ अङ्कले बढेको शेयर बजार नेप्से सोमबार भने दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से २६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ५० विन्दुमा झरेको छ ।

    म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जीको शेयर साढे छ प्रतिशतले घटेको छ ।

    नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । दुई करोड नौ लाख ७९ हजार कित्ता शेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend