logo

२०८३ साउन १४ बिहिबार

इजरायली सेनाद्वारा तीन प्यालेस्टाइनीको हत्या

इजरायली सेनाद्वारा तीन प्यालेस्टाइनीको हत्या


हाम्रो राष्ट्र
  • मंगलबार, ९ साउन २०८०
  • 1.2K
    SHARES

     

    इजरायली सेनाले मङ्गलबार पश्चिम किनारको नाब्लस शहरमा तीन प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ ।

    नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ ।

    सशस्त्र आतङ्ककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि गोली प्रहार गरेपछि त्यसको प्रतिकारमा गोली चलाइएको इजरायली सेनाले स्पष्ट गरेको छ । सैनिक जवानले आतङ्ककारीबाट तीन थान एम–१६ राइफल, एउटा बन्दुक, कारतूस र अन्य सैन्य उपकरण बरामद गरेका सेनाले एक विज्ञप्ति निकालेर बताएको छ ।

    सन् १९६७ मा भएको छ दिन लामो युद्धपछि इजरायलले कब्जा गरेको पश्चिम किनारमा प्रायःसधै हिंसाका घटना भइरहन्छन् । गत वर्षको सुरुदेखि यस क्षेत्रमा इजरायललाई लक्ष्य गरेर प्यालेस्टिनीले शृङ्खलाबद्ध आक्रमण गर्दै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend