logo

२०८३ असोज ८ बिहिबार

लोकसभा बैठकमा विपक्षीको विरोध

लोकसभा बैठकमा विपक्षीको विरोध


हाम्रो राष्ट्र
  • मंगलबार, ९ साउन २०८०
  • 1.2K
    SHARES

    मणिपुरमा जारी हिंसाको विस्तृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ ।

    प्रश्नोत्तरको समय सुरु भएलगत्तै विपक्षी दलहरुले विरोध गरेका थिए । सभामुख ओम बिरलाले विपक्षी सदस्यहरूलाई आफ्नो सिटमा बस्न आग्रह गर्दै प्रश्नोत्तरकालले सरकारको जवाफदेहितालाई व्यवस्थित गर्न मद्दत गर्ने भएकाले सदन सञ्चालन हुनुपर्ने तर्क गरे ।

    उनले विरोधस्वरुप प्लेकार्ड देखाउनु र नारा लगाउनु कुनै पनि समस्याको समाधान नभएको बरु त्यो संसदीय परम्परा विरुद्ध भएको बताए । साथै उनले दिउँसो दुई बजेसम्मका लागि सदन स्थगन भएको घोषणा गरे

    कांग्रेस र अन्य विपक्षी दलहरूले आजको कार्यसूचीका विषयलाई हटाएर मणिपुरको स्थितिबारे छलफल गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । यही साउन ४ गतेदेखि शुरु भएको संसद्को हिउँदे अधिवेशन प्रारम्भदेखि नै अवरुद्ध हुँदै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend