logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट


हाम्रो राष्ट्र
  • मंगलबार, ९ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से मङ्गलवार पनि घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से ३६ दशमलव १९ अङ्कले घटेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा झरेको छ ।

    बजार घटेको दिन होटल र पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि किसान लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७७ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ९१ करोड सात लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । हिजो चार अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend