logo

२०८३ साउन १४ बिहिबार

सुन तस्करीपछि विमानस्थल भन्सार प्रमुख परिवर्तन, पाण्डेलाई जिम्मेवारी

सुन तस्करीपछि विमानस्थल भन्सार प्रमुख परिवर्तन, पाण्डेलाई जिम्मेवारी


हाम्रो राष्ट्र
  • मंगलबार, ९ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौ । सुन तस्करी प्रकरणपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख परिवर्तन गरेको छ । सरकारले अरुण पोखरेलको ठाउँमा डा. टोकराज पाण्डेलाई पठाएको हो ।

    राष्ट्रिय किताब खानाको महानिर्देशकबाट भर्खरै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन् ।

    उनी विदामा भएका बेला गतसाता एक क्वीन्टल सुन भन्सार जाँचपास गरी बाहिरिएको थियो । त्यसपछि सरकारले भन्सार प्रमुख परिवर्तन गरेको हो । बिदामा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend