चीनले छिन काङलाई विदेशमन्त्री नियुक्त गरेको सात महिना नपुग्दै पदबाट हटाएको छ एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो ।
गत डिसेम्बरमा नियुक्त भएका छिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको भरपर्दो सहयोगीको रूपमा हेरिएको थियो । गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन् ।
उनको ठाउँ अब कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले लिनेछन् । ‘चीनको शीर्ष विधायिकाले वाङ यीलाई विदेश मन्त्रीमा नियुक्त गर्ने पक्षमा मतदान गरेको छ,’ सिन्ह्वाले भनेको छ ।
छिनलाई हटाउनको लागि कुनै कारण दिइएको छैन, तर रिपोर्टले राष्ट्रपति सीले उक्त कदमलाई अधिकार दिने आदेशमा हस्ताक्षर गरेको बताएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend