logo

२०८३ साउन १४ बिहिबार

अफगानिस्तानमा तालिवानद्वारा ब्यूटी पार्लरहरु बन्द गर्न आदेश

अफगानिस्तानमा तालिवानद्वारा ब्यूटी पार्लरहरु बन्द गर्न आदेश


हाम्रो राष्ट्र
  • बुधबार, १० साउन २०८०
  • 1.8K
    SHARES

    तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मङ्गलबारदेखि स्थायी रूपमा बन्द भएका छन् ।

    सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको छ । उनीहरूलाई पार्क, फनफेयर र जिममा प्रतिबन्ध लगाएको छ र सार्वजनिक स्थानमा बुर्का लगाई अनुहार ढाकछोप गर्न आदेश दिएको छ ।

    तर गत महिना जारी गरिएको एक आदेशले प्रायः घरपरिवारको लागि आयको एक मात्र स्रोत र उनीहरूका लागि घरबाट टाढा भेला हुने केही बाँकी स्थानहरू मध्ये एक सैलुनमाथिको प्रतिवन्धले महिलाहरूले देशव्यापी रूपमा सञ्चालन गरेका हजारौं सैलुनहरू बन्द गर्न बाध्य पारेको छ ।

    गत साता सुरक्षा अधिकारीहरूले उक्त आदेशको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं महिलालाई तितरबितर पार्न हवाई फायरको प्रयोग गरेका थिए । अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तान कब्जा गरेको २० वर्षमा काबुल र अफगानिस्तानका अन्य सहरमा ब्यूटी पार्लरहरू फस्टाएका थिए ।

    अफगानिस्तान वुमन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अनुसार ब्यूटी पार्लरमा प्रतिबन्ध लगाएपछि देशभरका करिब १२ हजार सैलुनमा काम गर्ने ६० हजार महिलाले आफ्नो आम्दानी गुमाउनेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend