logo

२०८३ साउन १३ बुधबार

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा


हाम्रो राष्ट्र
  • बिहिबार, ११ साउन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले बिहीबार विज्ञप्ति जारी गरी प्रतिस्पर्धाको घोषणा गरेको हो । बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा इच्छुकले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने छ ।

    विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई एक लाख, दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिए ।

    उनले भने,’चलचित्र सिर्जनात्मक विधा भएको र युवाको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित प्रतिष्पर्धा गर्दैछौँ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend