काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीहरुलाई गुनासो टिपाउन आग्रह गरेको छ । सूचना जारी गर्दै राष्ट्र बैंकले नियमबाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
बैंकले तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिने जनाएको छ ।
लघुवित्तबाट ऋण लिएकाहरुले केही दिनयता राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् । यसअघि लिएको ऋण मिनाहा गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्नेजस्ता माग राखेर उनीहरु विरोधमा उत्रिएका हुन् ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend