logo

२०८३ साउन १३ बुधबार

शेयर बजार २९ अंकले घट्यो

शेयर बजार २९ अंकले घट्यो


हाम्रो राष्ट्र
  • बिहिबार, ११ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । बिहीबार नेप्से २९ दशमलव ७१ अङ्कले घटेर दुई हजार एक सय २६ दशमलव ४८ विन्दुमा झरेको छ ।

    सबै समूहको शेयर घटेकोमा होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे आठ प्रतिशत तथा माइखोला हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ ।

    समग्रमा बजार राताम्मे हुँदा एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको शेयर साढे सात प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ । बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ ।

    आज ६२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend