logo

२०८३ साउन १४ बिहिबार

‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति


हाम्रो राष्ट्र
  • बिहिबार, ११ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

    अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।

    समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ । केही समयदेखि देशका विभिन्न स्थानबाट आएका लघुवित्त पीडितहरु काठमाडौं आएर प्रदर्शन गर्दै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend