logo

२०८३ असोज ८ बिहिबार

फिलिपिन्समा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३० पुग्यो

फिलिपिन्समा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३० पुग्यो


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.3K
    SHARES

    क्षमताभन्दा धेरै यात्रु बोकेको एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ । बयालीस जना क्षमताको उक्त डुङ्गामा ७० जना सवार थिए ।

    तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । डुङ्गामा अन्य यात्री पनि रहेका आशङ्का गरिएको छ ।

    बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो । सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा वर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend