logo

२०८३ साउन १४ बिहिबार

कारागारबाट सुकीलाई सारियो सरकारी भवनमा

कारागारबाट सुकीलाई सारियो सरकारी भवनमा


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.3K
    SHARES

    सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राति नेत्री सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो ।

    उनले तल्लो सदनका सभामुख सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छन् । उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् ।

    यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए । म्यान्मामा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुकीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमासारिएको छ ।

    निर्वाचित नेतृ सुकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् । हिरासतमा रहेकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ ।

    उनीमाथि भ्रष्टाचार, गैरकानूनीरूपमा वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend