logo

२०८३ साउन १४ बिहिबार

चियानी नाइजरको नयाँ नेता घोषित

चियानी नाइजरको नयाँ नेता घोषित


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.3K
    SHARES

    नाइजरको प्रेसिडेन्सियल गार्डका नेता जनरल अब्दूरहामाने चियानीलाई ‘नेसनल काउन्सिल फर द सेफगार्ड अफ द होमल्याण्ड’ को अध्यक्ष नियुक्त गरिएको सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ । देशको रक्षा तथा सुरक्षा बल (एफडीएस)ले बुधबार सरकारी टेलिभिजनमा प्रसारित विज्ञप्तिमार्फत राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्त गरेको जानकारी गराएको थियो ।

    सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको हो । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको र देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ ।

    एफडीएस र नेसनल काउन्सिल फर द सेफगार्ड अफ द होमल्याण्डका सदस्य कर्णेल मेजर अमादोउ अब्द्रामानेले भने,“देशको सुरक्षा स्थितिको निरन्तर खस्कँदो अवस्था, कमजोर आर्थिक र सामाजिक प्रशासनका कारण यो कदम लिइएको हो ।”

    अफ्रिकी तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend