logo

२०८३ साउन १५ शुक्रबार

रसियाको समुद्री तटमा रुखले किचेर सात जनाको मत्यु

रसियाको समुद्री तटमा रुखले किचेर सात जनाको मत्यु


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.2K
    SHARES

    रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको अधिकारीहरुले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यान गएको हो ।

    मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल लगिएको छ । शनिबार साँझ ६ बजे उक्त घटना भएको हो ।

    घटनास्थल मारी एल र छिमेकी टाटारस्तानका बासिन्दाहरूको लागि लोकप्रिय मनोरञ्जन स्थलल हो । हुरीले धेरै रुखहरू ढाल्दा समुद्र तटमा करिब पाँच सय कार र त्रिपालमा मानिसहरू बसेका थिए । घटनास्थलमा उद्धारकर्ता, प्रहरी र रुसी आपतकालिन मन्त्रालयको हवाई समूह संलग्न छ । मारी एल मस्कोबाट छ सय ५० किलोमिटर पूर्वमा अवस्थित छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend