logo

२०८३ साउन १४ बिहिबार

पाकिस्तानमा बम विष्फोट, ३५ जनाको मृत्यु

पाकिस्तानमा बम विष्फोट, ३५ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.2K
    SHARES

    पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै दुईसय भन्दाबढी घाइते भएका छन् ।

    घटनाको पुष्टि गर्दै खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरले भने, ‘पार्टीका एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम थियो, तर उहाँ आउनुअघि बम विस्फोट भएको थियो ।’

    अफगानिस्तानसँग सीमा जोडिएको खार शहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विस्फोट गराइएको अनुमान प्रहरीको प्रारम्भिक अध्ययनबाट देखिएको उनले बताए ।

    जिल्लाका वरिष्ठ प्रशासन अधिकारी अनवर उल हकले समाचार तयार पार्दासम्म मृतकको सङ्ख्याबारे अझै आधिकारिकरूपमा जानकारी आइनसकेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend