logo

२०८३ साउन १५ शुक्रबार

मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड

मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.1K
    SHARES

    जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भएको भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वान गर्न भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआईए) आवद्ध विपक्षी नेताहरूको एक प्रतिनिधिमण्डल राज्यको राजधानी इम्फाल आएको छ ।

    विपक्षी गठबन्धनमा आबद्ध २१ सदस्यीय प्रतिनिधिमण्डलले आज मणिपुरका गभर्नर अनुसुया उइकेलाई राजभवनमा भेटेर राज्यमा शान्ति स्थापना गर्न राज्यपाललाई अनुरोध गर्ने भएको छ ।

    प्रतिनिधिमण्डलले राज्यमा शान्तिसुव्यवस्था कायम विशेष प्रयास गर्नुपर्नेमा जोड दिँदै राज्यपाललाई ज्ञापनपत्र पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनता दलका सांसद मनोज झाले बताएका छन् ।

    जतिसक्दो चाँडो शान्ति स्थापना गर्न आग्रह गर्न तथा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई राज्यको वास्तविक वस्तुस्थितिबारे जानकारी गराउन राज्यपाललाई अनुरोध गर्ने उनले बताए ।

    जातीय हिंसाबाट विस्थापित भएका मानिस राखिएका चार वटा शिविरको भ्रमणपछि पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलका सदस्यहरुले केन्द्रसँग छलफल गरी शान्ति स्थापनाका लागि सुझाव र सल्लाह दिन तयार रहेको बताए ।

    द्वन्द्वग्रस्त राज्यमा यस्तै टोली नपठाएकोमा भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारको आलोचना गर्दै विपक्षी नेताहरूले आह्वान गरेको खण्डमा आफूहरू खुशीसाथ प्रधानमन्त्री नरेन्द्र मोदीका सर्वदलीय प्रतिनिधिमण्डलमा सामेल हुने विपक्षी सांसदले बताए । मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा उनीहरूको जोड छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend