logo

२०८३ साउन १३ बुधबार

अफ्रिकी नेताहरुद्वारा एक हप्ताभित्र सत्ता हस्तान्तरण गर्न नाइजर ‘सैनिक नेता’लाई अल्टिमेटम

अफ्रिकी नेताहरुद्वारा एक हप्ताभित्र सत्ता हस्तान्तरण गर्न नाइजर ‘सैनिक नेता’लाई अल्टिमेटम


हाम्रो राष्ट्र
  • सोमबार, १५ साउन २०८०
  • 1.3K
    SHARES

    पश्चिम अफ्रिकी नेताहरूले नाइजरमा निर्वाचित राष्ट्रपतिलाई कब्जा गरी गरिएको ‘कू’ बाट स्थापित सैन्य प्रशासनलाई सत्ता छोड्न एक हप्ताको समय दिएका छन् । उनीहरूले प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेतालाई ‘बल प्रयोग’ गरी गरिएको सैन्य विद्रोहलाई इन्कार गर्ने चेतावनी दिँदै तत्काल आर्थिक प्रतिबन्ध लगाउने बताएका छन् ।

    पन्ध्र सदस्यीय इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) ले निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा र पुनर्बहाली गर्न पनि माग गरेको छ । एक हप्ताभित्र अधिकारीहरूको माग पूरा नभएमा इकोवासले नाइजरमा संवैधानिक व्यवस्था बहाल गर्न आवश्यक सबै उपायहरू अबलम्बन गर्ने र यस्ता उपायहरूमा बल प्रयोग समावेश हुन सक्ने बताए । यस निर्णयका लागि इकोवासका ‘चिफ अफ डिफेन्स स्टाफ’को तत्काल बैठक बस्न लागेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend