logo

२०८३ साउन १५ शुक्रबार

पाकिस्तानमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

पाकिस्तानमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो


हाम्रो राष्ट्र
  • सोमबार, १५ साउन २०८०
  • 1.3K
    SHARES

    पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको र्यालीमा भएको विस्फोटमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

    जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा एकसय भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार विस्फोट आत्मघाती हमला भएको प्रमाण फेला परेको छ। अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको छ र सबै घाइतेलाई अस्पताल लगिएको छ ।

    अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । आक्रमणको कारण भने खुल्न सकेको छैन। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र विस्फोटको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तूनख्वा प्रान्तको पाकिस्तानी आदिवासी जिल्ला बाजौरको खार सहरमा आइतवार आयोजित जेयूआई–एफ कार्यकर्ताहरूको सम्मेलनमा सयौँ मानिस उपस्थित थिए ।

    सार्वजनिक भएका तस्बिरहरूमा कार्यक्रमस्थलको मञ्च नजिकै विस्फोट हुँदा सयौँ मानिस पालको तल जम्मा भएको देखिन्छ । विस्फोटमा जेयूआई–एफका क्षेत्रीय नेता मौलाना जियाउल्लाहको मृत्यु भएको छ । जेयूआई–एफ एक प्रमुख धार्मिक राजनीतिक दल हो र उक्त पार्टी पाकिस्तानको सत्ताधारी गठबन्धनमा छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend