logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा सामान्य बृद्धि

शेयर बजारमा सामान्य बृद्धि


हाम्रो राष्ट्र
  • सोमबार, १५ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । केही दिनदेखि लगातार घटेको शेयर बजार सोमबार भने सामान्य बढेको छ । सोमबार नेप्से पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ विन्दुमा पुगेको छ । सोमबार जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेर दुई अर्ब रुपैयाँभन्दा तल झरेको छ ।

    आज दुई सय ६२ वटा कम्पनीका ५५ लाख ३१ हजार कित्ता शेयर एक अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सनराइज ब्लुचिप फन्डको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढेको दिन आज विन नेपाल लघुवित्त र ग्लोबल आईएमई बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend