logo

२०८३ साउन १५ शुक्रबार

प्रधानमन्त्री निवास अगाडि डोजर तेर्स्याएर निर्माण व्यवसायीको प्रदर्शन

प्रधानमन्त्री निवास अगाडि डोजर तेर्स्याएर निर्माण व्यवसायीको प्रदर्शन


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । निर्माण व्यवसायीहरूले डोजर तेर्स्याएर प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेका छन् । व्यवसायीहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको र माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।

    निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन माग गर्दै प्रदर्शन गरेको बताए । व्यवसायीहरूले सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्न, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्न, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर्न माग गरेका छन् ।

      

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend