logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा उच्च अंकको गिरावट

शेयर बजारमा उच्च अंकको गिरावट


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अङ्कले घटेको छ । मंगलबार नेप्से २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । मंगलबार म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

    सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे छ प्रतिशत र हिमालयन लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ ।

    बजार निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आएको छ । आज ६० लाख १५ हजार कित्ता शेयर एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको आठ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend