logo

२०८३ साउन १५ शुक्रबार

ग्यासको घट्यो १३० रुपैयाँ, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

ग्यासको घट्यो १३० रुपैयाँ, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँ बढाइएको निगमले जानकारी दिएको छ ।

    त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने घटाइएको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटाइएको छ । यसअघि प्रतिसिलिन्डर १७९० रहेको खाना पकाउने एलपी ग्यासको मूल्य घटाएर प्रतिसिलिन्डर १६६० रुपैयाँ कायम गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend