logo

२०८३ साउन १३ बुधबार

शेयर बजार ९ अंकले बढ्यो

शेयर बजार ९ अंकले बढ्यो


हाम्रो राष्ट्र
  • बुधबार, १७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बुधबार शेयर बजार नेप्से सामान्य बढेको छ । बुधबार नेप्से ९ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको छ । जलविद्युत्, व्यापार र लघुवित्तबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।

    सबैभन्दा धेरै आरबीबी म्युचल फन्ड–१ र स्टान्डर्ड चार्टड बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि प्रभु स्मार्ट फन्डको शेयर १० प्रतिशतले ओरालो लागेको छ ।

    आज दुई सय ६९ वटा कम्पनीका ९३ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड २४ रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend