logo

२०८३ साउन १३ बुधबार

१८ वर्षमा गरे जस्टिन र सोफीले सम्बन्ध विच्छेदको घोषणा

१८ वर्षमा गरे जस्टिन र सोफीले सम्बन्ध विच्छेदको घोषणा


हाम्रो राष्ट्र
  • बिहिबार, १८ साउन २०८०
  • 1K
    SHARES

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले आफूहरू अलग भएको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए । सोफी र जस्टिनले इन्स्टाग्राममार्फत आफ्नो सम्बन्ध विच्छेदको जानकारी गराएका हुन् ।

    सन्तानको भविष्यका लागि निजी गोपनियताको सम्मान गर्न उनीहरूले आग्रह गरेका छन् । जस्टिन र सोफीका तीन सन्तान छन् । क्यानडाका प्रधानमन्त्रीको कार्यालयका तर्फबाट दुवैले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेको बताइएको छ । पछिल्ला केही वर्ष यता यी दुई सार्वजनिक समारोहमा कमै देखिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend