logo

२०८३ साउन १३ बुधबार

शेयर बजार ३ अंकले बढ्यो

शेयर बजार ३ अंकले बढ्यो


हाम्रो राष्ट्र
  • बिहिबार, १८ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ३ अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रोग्रेसिभ फाइनान्सको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज दुई सय ६२ वटा कम्पनीका ५१ लाख ३० हजार कित्ता शेयर किनबेच भएका छन् ।

    ४० हजार सात सय पटक भएका कारोबारबाट एक अर्ब ७८ करोड १९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend