logo

२०८३ साउन १४ बिहिबार

महोत्सवमा हिंसात्मक झडप हुँदा स्वीडेनमा ५० जना घाइते

महोत्सवमा हिंसात्मक झडप हुँदा स्वीडेनमा ५० जना घाइते


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ साउन २०८०
  • 949
    SHARES

    स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा एकसय जनालाई पक्राउ गरिएको छ । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ । झडपमा तीन प्रहरी अधिकारीहरू पनि घाइते भएको स्विडेनी प्रसारक एसभिटीले उल्लेख गरेको छ।

    करिब एक हजार एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुङ्गा प्रहार गरेको स्वीडेनी सञ्चार माध्यमले जनाएको छ ।

    तीन दशकअघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशकदेखि इरिट्रिया–थीम्ड फेस्टिभल आयोजना गरिदै आएको छ ।

    हाल, हजारौं इरिट्रियन मूलका मानिसहरू स्वीडेनमा बसोबास गरिरहेका छन्। प्रहरीले भने कि हिंसात्मक दङ्गा, आगजनी र आपतकालीन सेवाहरूको तोडफोडका बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend