logo

२०८३ साउन १५ शुक्रबार

राहुल गान्धीविरुद्ध जिल्ला अदालतले गरेको आदेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

राहुल गान्धीविरुद्ध जिल्ला अदालतले गरेको आदेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ साउन २०८०
  • 1.1K
    SHARES

    भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई ‘मोदी’ सरनेम मुद्दामा जिल्ला अदालतले दिएको फैसला कार्यान्वयन नगर्न भारतीय सर्वोच्च अदालतले आदेश दिएको छ । ‘सबै चोरको सरनेम किन मोदी हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै गान्धीविरुद्ध सुरत अदालतमा दायर मुद्दामा जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाउँदै सांसद पदबाट समेत हटाइदिएको थियो ।

    गान्धी जिल्ल अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले शुक्रबार सुरत अदालतले दिएको आदेश कार्यान्वयन नगर्न आदेश दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सर्वोच्चको यो मुद्दाको अन्तिम फैसला नआउँदासम्म गान्धीबारे सुरत अदालतले दिएको आदेश कार्यान्वयन नहुने भएको हो ।

    अब गान्धी सांसद पदमा बहाल हुने छन् । उनी संसदको जारी अधिवेशनमै भाग लिन पाउने छन् । दुई वर्षको सजाय भएपछि उनले सांसद पद गुमाएका थिए भने आगामी ८ वर्षसम्म चुनाव पनि लड्न नपाउने भएका थिए । तर, सर्वोच्चले यति ठूलो सजाय किन दिएको भन्दै जिल्ला र उच्च अदालतलाई सोधिने बताएको छ । सर्वोच्चको यो आदेशलाई कांग्रेसले सत्यको जित भनेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend