logo

२०८३ असोज ८ बिहिबार

टिकटकद्वारा ईयूको कडा नियम अनुकुल सेवा सुधारको घोषणा

टिकटकद्वारा ईयूको कडा नियम अनुकुल सेवा सुधारको घोषणा


हाम्रो राष्ट्र
  • शनिबार, २० साउन २०८०
  • 1.2K
    SHARES

    टिकटकले युरोपेली प्रयोगकर्ताहरूलाई सेवा प्रदायकहरूको रूचिमा आधारित लत लाग्ने सामग्री देखाउन बन्द गर्न अनुमति दिनेसहित ईयूको कडा नियमहरू पूरा गर्न परिवर्तनहरूको घोषणा गरेको छ ।

    नयाँ नियमअनुसार इन्टरनेट कम्पनीहरूले तथ्याङ्कको गोपनीयता, बालकल्याण संरक्षण, भ्रामक सूचना र ‘हेट स्पीच’ नियन्त्रणमा कडा कदम चाल्नुपर्नेछ ।

    टिकटकका साथै अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्टसहित वेबका १९ ठूला कम्पनीहरूले अगस्ट २८ सम्म पालना गर्नुपर्नेछ । डिजिटल बजारको रेखदेख गर्ने युरोपेली आयुक्त थियरी ब्रेटनले गत महिना टिकटकलाई नयाँ मापदण्ड अपनाउन निर्देशन दिएका थिए । उक्त चेतावनीलाई ध्यानमा राख्दै टिकटकले युरोपका प्रयोगकर्ताहरूलाई ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको छ ।

    मानिसहरूलाई उनीहरूको व्यक्तिगत रुचिको आधारमा सिफारिस गरिएको सामग्रीको साथ भिडियोहरू राख्ने ‘तपाईंको लागि’ फिडलाई सङ्केत गर्दै ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको हो ।

    टिकटकको सम्पादन सुविधाहरू र एआई–सञ्चालित कलन विधिको कारण टिकटक विशेष गरी युवा दर्शकहरूबीच विश्वभर लोकप्रिय छ र यसका एक अर्बभन्दा बढी प्रयोगकर्ताहरू छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend