logo

२०८३ असोज ८ बिहिबार

सन् २०५० भित्र जलवायु लक्ष्य पूरा गर्न श्रीलङ्काका राष्ट्रपतिको निर्देशन

सन् २०५० भित्र जलवायु लक्ष्य पूरा गर्न श्रीलङ्काका राष्ट्रपतिको निर्देशन


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.2K
    SHARES

    श्रीलङ्काले जलवायु लक्ष्यलाई आगामी ३० बर्षमा पूरा गर्नेगरी समयसीमा तोकेको छ । जलवायु लक्ष्य वा जलवायु प्रतिज्ञा भनेको जलवायु परिवर्तनलाई सीमित गर्ने उद्देश्यका साथ जलवायु नीति र ऊर्जा नीतिका लागि मापनयोग्य दीर्घकालीन प्रतिबद्धता हो ।

    श्रीलङ्काले यसअघि जलबायु लक्ष्यका पूरा गर्न सन् २०६० सम्म लाग्ने बताउँदै आएको भएपनि यसलाई संशोधन गर्दै सन् २०५० सम्मका लागि जलवायु लक्ष्यका लागि समयसीमा तोकेको हो ।

    राष्ट्रपतिको मिडिया महाशाखाले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०५० भन्दा अघि जलवायु लक्ष्य हासिल गर्न सम्भव रहेको बताएका छन् । उनले श्रीलङ्काका प्राविधिकहरूलाई जलवायु परिवर्तनको मापदण्डलाई विचार गरी आफ्नो काममा लाग्न आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend