logo

२०८३ साउन १३ बुधबार

बङ्गलादेशमा डेंगुबाट तीनसयको मृत्यु

बङ्गलादेशमा डेंगुबाट तीनसयको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.3K
    SHARES

     

    लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन् भने ६४ हजार बिरामी भएका छन् ।

    शनिबार थप १० जनाको मृत्यु भएको र  दुई  हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ । डेङ्गु लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।

    दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ । गत महिना दुई सय चार जनाको मृत्यु भयोभने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend