logo

२०८३ साउन १४ बिहिबार

शेयर बजारमा उच्च अंकको गिरावट

शेयर बजारमा उच्च अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ विन्दुमा झरेको छ ।

    आइतबार सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सको शेयर साढे नौ प्रतिशत तथा अभियान लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

    बजार राताम्मे भएको दिन आज आईएमई लाइफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत तथा कृषि विकास बैंकको शेयर साढे छ प्रतिशतले बढेको छ ।

    आज ८० लाख सात हजार कित्ता शेयर दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा बैंकको १२ करोड ६९ लाख र एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend