logo

२०८३ साउन १४ बिहिबार

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.3K
    SHARES

    पाकिस्तानको सिन्ध प्रान्तमा भएको एउटा रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको थियो ।

    दुर्घटनामा आठवटा डिब्बा रेलको लिकबाट खसेका थिए। घाइतेहरू त्यसमा फसिरहेका छन् र उनीहरूलाई निकाल्ने प्रयास जारी छ ।

    स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८ डिब्बा खालि गरिएको र दुईवटालाई सिधा बनाउन क्रेन मगाइएको जानकारी दिए । रेलमन्त्री साद रफिकले रेल सही गतिमा गुडिरहेका र उसको गति ४५ किलोमिटर प्रतिघण्टा रहेको जानकारी दिए ।

    यसअघि उच्च गतिका कारण उक्त दुर्घटना भएको आशङ्का गरिएको थियो । ठूलो सङ्ख्यामा स्थानीयवासिन्दाहरू घटनास्थलमा पुगेका छन् । उनीहरूले यात्रुहरूलाई बाहिर निकाल्न सहयोग गरिरहेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend