logo

२०८३ साउन १३ बुधबार

पाकिस्तानमा रेल दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.3K
    SHARES

    पाकिस्तानको सिन्ध प्रान्तमा भएको एउटा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ रेलमा झन्डै एक हजार यात्रु सवार थिए । पाकिस्तानका रेलवे मन्त्रीले कम्तीमा २८ जनाले ज्यान गुमाएको पुष्टि गरेका छन् ।

    दुर्घटनामा झन्डै एकसय जना घाइते भएका छन् । दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको थियो । आठवटा डिब्बा रेलको लिकबाट खसेका थिए। घाइतेहरू त्यसमा फसिरहेका छन् र उनीहरूलाई निकाल्ने प्रयास जारी छ ।

    घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। उद्धार टोलीहरूले डिब्बाहरूमा फसेका मानिसहरूलाई निकाल्ने प्रयत्न गरिरहेका छन् उद्धारका लागि सेनाको टोलीलाई बोलाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend