logo

२०८३ असोज ८ बिहिबार

नेप्सेमा सामान्य अंकको गिरावट

नेप्सेमा सामान्य अंकको गिरावट


हाम्रो राष्ट्र
  • सोमबार, २२ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सोमबार पनि शेयर बजार नेप्से घटेको छ छ । आइतबार ३८ अङ्कले घटेको नेप्से सोमबार ३ दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ अङ्कमा झरेको छ ।

    सोमबार अन्य, जलविद्युत्, लगानी र बैंकिङ समूहको शेयर घटेको छ भने अरू समूहको शेयर बढेको छ । सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोपावरको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत र गुराँस फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

    आज दुई सय ६७ वटा कम्पनीका ६६ लाख ४७ हजार कित्ता शेयर कारोबार भएका छन् । एक लाख एक हजार दुई सय वटा कारोबारमा दुई अर्ब ३३ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ४३ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend