logo

२०८३ असोज ८ बिहिबार

सामाजिक सद्भाव कायम गर्न सिङ्गापुरका राष्ट्रपतिको आह्वान

सामाजिक सद्भाव कायम गर्न सिङ्गापुरका राष्ट्रपतिको आह्वान


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.2K
    SHARES

    सिङ्गापुरका राष्ट्रपति हलिमाह याकोबले सोमबार राष्ट्रका नाममा सन्देश दिँदै देशलाई अगाडि बढाउन थप लचिलो अर्थतन्त्र निर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न आह्वान गरेकी छन् ।

    उनले तीव्र प्राविधिक परिवर्तनबाट उत्पन्न हुने अभूतपूर्व चुनौतीहरूको बीचमा सिङ्गापुरको आर्थिक सफलता सुनिश्चित गर्न मूल्य थप्ने र संसारसँग समयानुकूल रहन सक्ने क्षमतामा सुधार गर्न जोड दिएकी छन् ।

    शहर प्रदेशमा सामाजिक गतिशीलता सुस्त हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले शिक्षामा सुधार गर्न र उच्च आम्दानीको खाडल अन्त्य गर्ने प्रतिवद्धता आवश्यक रहेको बताएकी छन् । उनले सिङ्गापुरका जनतालाई समृद्ध र विविधतायुक्त समाजको कदर गर्न आह्वान पनि गरेकी छन् । विश्वभर जातिवाद र असहिष्णुता बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरेकी छन् ।

    सिङ्गापुरले अगस्ट ९ मा आफ्नो ५८औँ राष्ट्रिय दिवस मनाउँछ । राष्ट्रपति याकूबको राष्ट्रपतिको कार्यकाल आउँदो सेप्टेम्बरमा समाप्त हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend