logo

२०८३ साउन १४ बिहिबार

छायाङ्कनकै क्रममा विदेशमा बिक्री भयो ‘अगस्त्यः च्याप्टर वान’

छायाङ्कनकै क्रममा विदेशमा बिक्री भयो ‘अगस्त्यः च्याप्टर वान’


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्यः च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ । चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको सेभेन सिज इन्टरटेनमेन्टका विनोद पौडेलले जानकारी दिए। सो कम्पनीले चलचित्रलाई नेपालभन्दा बाहिर एकै मितिमा प्रदर्शन गर्नेछ ।

    “छायाङ्कन भएको दृश्य हेर्दा यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लगेर नेपाली दर्शक बढाउन सकिन्छ भन्ने लगेर खरिद गरेका हौँ । यो नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ”, वितरक पौडेलले भने, “सबै किसिमका नेपाली चलचित्रलाई प्रवासमा रहेका नेपालीमाझ पु¥याउने हाम्रो उद्देश्य हो ।”

    सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

    निर्देशक चौधरीले नेपाली चलचित्र एकसाथ प्रवासमा प्रदर्शन हुनु समग्र उद्योगकै लागि खुसीको खबर रहेको बताए । उनले भने, “झट्ट हेर्दा हाम्रो चलचित्रलाई मात्र फाइदा देखिए पनि यसबार समग्र उद्योग नै लाभान्वित हुनेछ । अन्तर्राष्ट्रिय बजारमा चलचित्र बिक्री भएपछि निर्देशकलाई निर्माणमा झनै सहज हुन्छ ।” सञ्जय लामा छायाङ्कार रहेको दुई शृङ्खलामा बन्ने ‘अगस्त्य’ को कथा निर्देशक चौधरीले लेखेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend