logo

२०८३ साउन १३ बुधबार

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको टाउकोमा गोली हानी हत्या

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको टाउकोमा गोली हानी हत्या


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.5K
    SHARES

    इक्वेडरको आसन्न राष्ट्रपतीय चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । देशको उत्तरी सहर क्विटोमा बुधबार आयोजित एक कार्यक्रममा त्यहाँका सांसद फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो ।

    उनको प्रचार अभियान समूहका एक सदस्यले बताएअनुसार भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए । प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओलाई तीन पटक गोली प्रहार भएको थियो । राष्ट्रपति गुइलेर्मो लासोले उनको मृत्यु भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् ।

    सुरक्षाकर्मीसँग मुठभेड हुँदा सन्दिग्ध व्यक्तिलाई पनि गोली लागेको थियो र पछि उनको मृत्यु भएको महान्यायाधिवक्ताले जानकारी दिएका छन् । त्यहाँ आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ ।

    लासोले हत्याबाट आफू आक्रोशित र स्तब्ध भएको बताउँदै अपराधीलाई दण्ड दिने प्रतिबद्धता व्यक्त गरेका छन् इक्वेडरमा लागू औषध कारोबारीहरूको बढ्दो उपस्थितिका कारण हिंसात्मक अपराधमा वृद्धि हुनु राष्ट्रपतिको चुनावी अभियानको मुख्य मुद्दा बनेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend