logo

२०८३ साउन १३ बुधबार

हवाई टापुको जङ्गलमा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु

हवाई टापुको जङ्गलमा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.1K
    SHARES

    अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ ।

    एघार हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ । धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन्भने भाडा पनि घटाएका छन् । तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मेहम्मे परेको छ ।

    आगोबाट हतास भएका केहीले समुद्रमा हामफाल्ने प्रयास गरेका थिए । राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारसँग उपलव्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend