logo

२०८३ साउन १३ बुधबार

वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्ने युक्रेनको पहिलो शर्त

वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्ने युक्रेनको पहिलो शर्त


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले जनाएअनुसार मन्त्रीले कुलेबाले युक्रेनको भूमिबाट रुसको सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता हुने बताएका हुन् ।

    उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्न कूटनीतिक तरिकाहरू अपनाउँन चाहेको उल्लेख गरे ।

    गत हप्ता युक्रेन सङ्कटको समाधानका लागि काम गर्न साउदी अरबको सहर जेद्दाहमा करिब ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधिहरू भेला भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend