logo

२०८३ साउन १५ शुक्रबार

कम्बोडियाली नयाँ मन्त्रीमण्डलको सूची अनुमोदित

कम्बोडियाली नयाँ मन्त्रीमण्डलको सूची अनुमोदित


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.3K
    SHARES

    कम्बोडियाका निवर्तमान प्रधानमन्त्री सामदेक टेचो हुन सेनले अपराह्न आफ्ना जेठा छोरा हुन मानेटको नेतृत्वमा आउने सरकारी सदस्यहरूको तस्वीर सार्वजनिक गरेका छन् । हुन मानेटलाई प्रधानमन्त्रीका लागि पार्टीले गरेको प्रस्तावलाई कम्बोडियाली राजा नरोद्दोम रिहामोनीले यस पहिले नै अनुमोदन गरेका थिए ।

    कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) को नोमपेनस्थित मुख्यालयमा उनीहरूसँगको भेटपछि सीपीपीका अध्यक्ष समेत रहेका हुन सेनले सामाजिक सञ्जालमा प्रधानमन्त्री नियुक्त हुन मानेटले आफ्नो नयाँ मन्त्रीमण्डलका सदस्यसँग खिचेको सामूहिक तस्बिर सार्वजनिक गररेका हुन् ।

    नयाँ मन्त्रिमण्डलको मस्यौदामा एक जना प्रधानमन्त्री, १० जना उपप्रधानमन्त्री, ११ जना वरिष्ठ मन्त्री र ३० जना मन्त्री रहने व्यवस्था गरिएको छ ।

    हुन मानेट र उनका नयाँ क्याबिनेट सदस्यहरूले नयाँ प्रधानमन्त्री बन्नका लागि अगस्ट २२ मा हुने राष्ट्रिय सभामा विश्वासको मत प्राप्त गर्नुपर्नेछ । संसद सदस्यको दुई तिहाईभन्दा बढी सांसद सीपीपीको रहेकोले उनलाई सहजै विश्वासको मत मिल्ने विश्वास गरिएको छ । उनले सोही दिन शपथ लिने अपेक्षा गरिएको छ ।

    जुलाई २३ मा भएको आम निर्वाचनमा सत्तारुढ दल सीपीपीले राष्ट्रिय सभाको १२५ मध्ये १२० सिट जितेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend