logo

२०८३ साउन १३ बुधबार

डढेलोका कारण माउइ टापुमा ५३ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित

डढेलोका कारण माउइ टापुमा ५३ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.3K
    SHARES

    अमेरिकामा हवाईको माउइ टापुमा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको र दर्जनौँ मानिस घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रशान्त महासागर नजिकै बज्रिएको आँधीबाट उत्पन्न तीव्र हावाहुरीका कारण मङ्गलबारदेखि सुरु भएको डढेलो द्रुत गतिमा फैलिएको हो। त्यहाँका हजारौँ सर्वसाधारणलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ ।

    माउइमा विद्युतीय पोलहरू ढल्दा ११ हजार मानिसहरू अझै पनि बत्तीबिना बसिरहेका छन् । हवाईका गभर्नर जोस ग्रीनले उक्त राज्यमा धेरै वर्षपछि यस्तो मानवीय क्षति भएको बताएका छन्।

    उनका अनुसार त्यहाँका १७ सय भन्दाबढी भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लाहैनाको ८० प्रतिशत भाग पूर्ण रूपमा प्रभावित भएको छ । उनले सन् १९६० मा आएको सुनामीमा ६१ जनाको मृत्यु भएको प्रसङ्ग उल्लेख गर्दै डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने चेतावनी दिएका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त टापुमा लागेको डढेलोलाई ’ठूलो विपद् घोषणा’ गरेका छन् । प्रहरी प्रमुखका अनुसार यकिन तथ्याङ्क नभए पनि करिब एकहजार मानिसहरू अझै बेपत्ता छन्। अधिकारीहरूले त्यहाँ हराएका मानिसहरूको खोजी र उद्धार कार्य जारी राखेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend