logo

२०८३ साउन १३ बुधबार

गुजरातमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु

गुजरातमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २७ साउन २०८०
  • 1.6K
    SHARES

    भारतको पश्चिमी गुजरात राज्यमा भएको सवारी दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

    राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो । पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैया र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend