logo

२०८३ असोज ८ बिहिबार

रुसले युद्ध गर्न रिहा गरेका कैदीहरूविरुद्ध फेरि अपराधको आरोप

रुसले युद्ध गर्न रिहा गरेका कैदीहरूविरुद्ध फेरि अपराधको आरोप


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1K
    SHARES

    युक्रेनमा भाडाका सैनिक उपलब्ध गराउने रुसी समूह वाग्नरमा रहेर लड्नका लागि समयअगावै रिहा गरिएका एक रुसी कैदीमाथि युद्ध मैदानबाट स्वदेश फर्किएपछि दोहोरो हत्याको आरोप लगाइएको छ ।

    सन् २०१६ मा १८ वर्षको जेल सजाय सुनाइएका डेयान केभोर्क्यानलाई कामबाट घर फर्कने क्रममा एक युवक र महिलाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो। यद्यपि उनले उक्त आरोपको खण्डन गरेका छन् ।

    युद्धमा लड्न पठाउन चाँडै रिहा गरिएको, माफी दिइएको र पुनः अभियोग लागेका उनी एक जना मात्र होइनन् । सन् २०२२, अगस्ट ३१ मा वाग्नर समूहले भर्ती गरेका १५० कैदीहरूमध्ये उनी पनि एक थिए। सामाजिक सञ्जालमा उदृत गरिएका एक पूर्वकैदीका अनुसार त्यतिबेला वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले उनलाई थुनामा राखेको कारागार भ्रमण गरेका थिए ।

    केभोर्क्यान पछि दक्षिण–पश्चिम रुसको क्रास्नोडारस्थित आफ्नो गाउँ प्रिदोरोज्नायामा देखिएको र त्यहाँ उनले आफू युक्रेनको युद्ध भूमिबाट भर्खरै फर्किएको जनाएको बीबीसीलाई बताइएको छ । १९ वर्षीया तात्याना मोस्टिको उनले हत्या गरेको भनिएका व्यक्तिहरू मध्ये एक हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend