logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा १३ अंकको गिरावट

नेप्सेमा १३ अंकको गिरावट


हाम्रो राष्ट्र
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बुधबार १३ दशमलव ९० अङ्कले घटेको छ । मङ्गलबार १६ अङ्कले घटेको नेप्से बुधबार १३ दशमलव ९० अङ्कले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

    बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको छ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज गरिमा डिबेन्चर २०८५ को शेयर १० प्रतिशतले र विजय लघुवित्त र माहुली लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend